Writings
All writings
Poetry

लाग्छ सायद आकाश मैँमाथी खसिरहेछ।

लाग्छ सायद आकाश मैॅ माथी खसिरहेछ।

झलमल्ल बलेको कोठाको बत्तीले आँखै तिर्मिराउने गरी प्रकाश फालिरहेछ

तर म निस्पट्ट अॅध्यारोमा आफ्नो अस्तित्व खोजिरहेछु

छामछाम छुमछुम गर्दै छु, आफ्नै जिवनको अर्थ

टाउको झन् माथी झन् दुखिरहेछ सहनै नसकिने गरी

लाग्छ सायद आकाश मैँमाथी खसिरहेछ।

सपनाले बाटो मोडेर गएर होला

आखालाई निद्रा भन्दा आँशु प्यारा लाग्छन रे आजकल

ओठहरु चल्न सक्दैनन मानौँ प्यारालाइसिसले थलिएका छन्

कुन वक्र रे मुस्कानको?

र मलाई पृथ्वीले अझै आफैंतिर तान्दैछिन

मेरो गुरुत्व बढिरहेछ निरन्तर

लाग्छ सायद आकाश मैँमाथी खसिरहेछ।

बाहिर भिड चिच्याईरहेछ

सायद कुनै नेताको चुनावी सभा होला

सुन्दैछु, उज्यालो भविष्यको आश्वासन

सोध्न मन छ, ए नेताज्यु

भविष्य जस्तै उज्यालो बनाउन मेरो मनमा घाम बाल्दिनुहोस् न

तर पैताला सायद भुईॅनै भैसक्यो

र काला बादल झनैझनै नजिक आउॅदै छन शिरोपर

लाग्छ सायद आकाश मैँमाथी खसिरहेछ।