Poems, notes, and stray thoughts — the words I didn't put in a pull request.
कथा एकादेश बाट सुरु हुन्छ, अनि टुङ्गिन्छ यो देश, यो क्षण र यो परिवेशमा आएर। हो म त्यै तिमी सानो हुँदा तिम्री हजुरआमाले सुनाउने कथाको कुरा गर्दैछु।
हिजो जब प्रेममा थियौँ हामी, बाटो भुईँभरी गलैँचा बनेका बैजनी शिरीषका फुलहरु लाग्थ्यो हाम्रै प्रेमको साक्षी बनेझैँ।
हरेक मध्यरातको सन्नाटामा मेरो कानमा आई फुसफुसाउँछौ तिमी — न तिम्रो न मेरो, कसैको हुन नसकेको हाम्रो कथा।
झलमल्ल बलेको कोठाको बत्तीले आँखै तिर्मिराउने गरी प्रकाश फालिरहेछ, तर म निस्पट्ट अँध्यारोमा आफ्नो अस्तित्व खोजिरहेछु।